काम नगरी घरमै बसेकालाई आधा तलब दिऔं भनेका थियौं, ३३ प्रतिशत ऋण पाइने भयोः गोल्छा

  २०७७ जेठ १६ गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार तथा श्रमिकको विषय सम्बोधन गर्न बजेटले खासै योजना नल्याएको बताएका छन् ।

आफूहरुले काम गरिरहेका कामदार श्रमिकलाई उनीहरुले पाउँदै आएको तलब भत्ता शतप्रतिशत दिने र काम नगरी घरमा बसिरहेकाहरुका लागि आधा रकम दिने प्रस्ताव गरिए पनि सरकारले सो विषय सम्बोधन नगरेको उनले बताएका हुन् ।

‘हामीले काम गरेका कामदारलाई शतप्रतिशत र काम नगरी घरमा बसेका कामदार श्रमिकका लागि ५० प्रतिशत तलब दिने व्यवस्था गरौं भनेका थियौं, ट्रेड युनियनहरुले पनि यो कुरा मानेका थिए, सरकारले त्यो कुरा सुनेन, काम नगरी बसेका कामदारलाई पूरै तलब देऊ भनेर ३३ प्रतिशत ऋण दिने व्यवस्था गर्यो, यसमा पुनरबीचार जरुरी छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भर्चुअल छलफलमा गोल्छाले भने ।

विद्युतको महसुलका विषयमा पनि सरकारले खासै राहत कार्यक्रम नल्याएको पनि उनको भनाइ छ । सरकारले कम माग हुने समयमा विद्युत महसुलमा ५० प्रतिशत छुट दिने र डिमाण्ड शुल्कमा छुट दिने भनेको छ । डिमाण्ड शुल्क छुट दिने कार्यक्रम राम्रो भएपनि माग कम हुने समयमा अहिले पनि ४८ प्रतिशत छुट दिने व्यवस्था भएकोले यो छुट भनेको २ प्रतिशत मात्रै भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.