यस्तो छ आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्णपाठसहित)

  २०७७ जेठ १५ गते १९:३८     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपैयाँ  बराबरकाे अनुमानित आयव्याय  बजेट प्रस्तुत गरेका छन् । याे बजेट यो गत वर्षको तुलनामा ५८ अर्ब ३२ करोड ९१ लाखले कम हो ।

उनले बजेटकाे चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ कराेड अर्थात ६४.४ प्रतिशत र पुँजीगत तर्फ ३ खर्ब ५१ अर्ब ९१ कराेड अर्थात २३.९ र वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोड अर्थात ११.७ प्रतिशत विनियाेजन गरेकाे बताएका छन् ।

प्रस्तावित बजेटमा ८ अर्ब ८९ अर्ब ६२ कराेड राजश्व संकलन हुने, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ कराेड बेहाेरिने, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० कराेड र आन्तरिक ऋणबाट २ खर्ब २५ कराेड स्राेत परिचालन गरिने उनले बताए ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताए । गत वर्ष ८.५ प्रतिशत आर्थिक बृद्धि हुने  लक्ष्य राखेकाे थियाे । तर, अब सरकारले २.३ मात्र आर्थिक बृद्धि हुने उनकाे अनुमान छ ।

काेभिड १९का कारण राजश्व आम्दानी घट्ने र तर सार्वजनिक खर्चमा चाप रहेकाे जनाउँदै केही साधारणा खर्च घटाउने बताए । उनले सरकारी कर्मचारीहरूलाइ दिइदै अाएकाे प्राेत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता खारेज गरिएकाे बताए ।

इन्धन खरिद, फर्निचर खरिद, सवारी खरिद लगायतकाे खर्चमा पनि भारी कटाैति गरिने बताए ।

सरकारले दिँदै अाएकाे सामाजिक सुरक्षा भत्तामा कुनै कटाैति नगरिएकाे बताए ।

अर्थमन्त्री खतिवडाले काेराेना लगायत संक्रमण राेग नियन्त्रणकाे लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु. ९० अर्ब ६९ करोड  विनियाेजन गरेका छन् । बजेट निर्माण गर्दा सरकारले पहिलाे पटक स्वास्थ्य क्षेत्रलाइ प्राथमिकता सूचिकाे एक नम्बरमा राखेकाे छ । संक्रामक लगायत सबै प्रकारका रोग र विपद्‍बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने उनले बताए ।

 

हेर्नुहाेस् पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.