यी हुन् सरकारले कर बढाएका र घटाएका क्षेत्र

  २०७७ जेठ १५ गते १८:४८     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले केही क्षेत्रहरूमा कर बढेकाे बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले  हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको बताएका हुन् ।

यस्तै, उनले चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धिमा कर बढेको बताए । यसकाे गैरकर राजस्वको दर पुनरावलोकन गरिने पनि उनले जानकारी  दिए ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लाग्‍ने उनकाे भनाइ छ ।

यी क्षेत्रहरूमा कर बढेसँगै अब यसकाे मूल्यवृद्दि पनि हुनेछ । अब डिजेल पेट्रोल, मट्टितेल र सुनकाे मूल्य बढ्नेछ ।

कर घटाइएका क्षेत्र

सरकारले केही क्षेत्रमा कर घटाएकाे पनि छ । अर्थमन्त्री डा.युवराज खतिवडाले एक दर्जन बढी वस्तुमा लाग्दै आएको कर तथा अन्त:शुल्क पनि हटाइएको बताए।

उनले कोरोनाबाट बढी प्रभावित भएका व्यवसायलाई आयकरमा २० प्रतिशत छुट दिने घाेषणा गरे । सहुलियतपूर्ण कर्जा दुई प्रतिशतमा पाइने तथा पुनर्कर्जा एक खर्ब रहेको पनि उनले उल्लेख गरे।

उनले उद्योगहरूले पैठारी गर्ने कच्चा पदार्थको भन्सारदर घटाएको बताए । यस्तै, तयारी मालवस्तुको आयातमा लाग्दै आएकोभन्दा कच्चा पदार्थको आयातमा भन्सार दर एक तह कम गर्ने उनकाे भनाइ छ ।

‘मास्क तथा स्यानिटाइजर उत्पादन गर्ने उद्योगका लागि आवश्यक कच्चा पदार्थको पैठारीमा लाग्ने मूल्य अभिवृद्धि करमा छुट दिइनेछ, कृषि बाली तथा पशुपंक्षीका उपचारका लागि आवश्यक औषधि तथा कृषि यान्त्रीकरण पैठारीमा लाग्ने भन्सार महसुल पनि घटाइनेछ,’ उनले भने ।

यस्तै,उनले धान, मकै, गहुँ र तरकारीको बीउ पैठारीमा लाग्दै आएको भन्सार महसुल घटाइएको पनि घाेषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.