भत्ता, भ्रमण, सेमिनार खर्च पूर्ण बन्द, सरकारी कर्मचारीको १ लाख बीमा निःशुल्क

  २०७७ जेठ १५ गते १८:२६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विदेश तथा स्वदेश भ्रमण भत्ता, बैठक भत्ता, सभा सम्मेलनमा भाग लिन पाउने भत्ता सबै रोकेका छन् । आगामी साउनदेखि यी सबै भत्ता रोकिएको उनले बजेट भाषणमा सुनाए ।

कोरोना उपचारमा खटिने स्वास्थ्य कर्मी र सुरक्षाकर्मी बाहेकले पाउने प्रोत्साहत भत्ता, खाना, खाजा भत्ता पनि बन्द गरिएको उनले बताए ।

राजश्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा परेको भारबीच आर्थिक सन्तुलन ल्याउन मितव्ययि हुनुपर्ने उनले बताए ।

कार्यलय सञ्चालन खर्च, इन्धन खर्च, फर्निचर खरिद, सवारी खरिदमा उल्लेख्य बजेट कटौति गरिएको उनले बताए ।

काममा दोहोरोपना भएको संस्थाहरु खारेज गरिने, सार्वजनिक निकायमा नयाँ नियुक्ती बन्द गरिने, सार्वजनिक संस्थामा सञ्चालन अनुदान बन्द गरिने, दोहोरो अनुदान र सुविधा बन्द गरिने उनले बताए ।

उनले सबै सरकारी कर्मचारीको लागि एक लाख बीमाङ्क रकमको कोरोना बीमा निःशुल्क गर्ने गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.