आर्थिक वर्ष २०७७/७८ को बजेटमा यसरी समेटीयो विज्ञान तथा सूचना–प्रविधि

  २०७७ जेठ १५ गते १८:०७     विकासन्युज

काठमाडौं । आगामी आर्थिक २०७७/७८ वर्षभित्र विज्ञान तथा प्रविधिको विकास गरी शैक्षिक कार्यक्रमको विकास गरिने जनाइएको छ । सरकारले विश्वस्तरीय विशिष्टीकृत विश्वविद्यालयको रुपमा ‘मदन भण्डारी विश्वविद्यालय’ स्थापना गर्न तथा ‘विज्ञान प्रविधि’ मा समेत विकास गर्ने भएको हो ।

उक्त विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरीएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको सुदृढीकरण तथा परमाणविक प्रशोधन केन्द्र स्थापनकालागि समेत बजेट विनियोजन गरिएको छ ।

यस्तै, राष्ट्रिय स्तरको प्रयोगशालाई बढ्वा दिईने भएको छ । आगामी आर्थिक वर्षमा २ प्रदेशमा प्रयोगशाला स्थापना गरिने भएको छ । साथै, उक्त प्रयोगशाला आगामी वर्षहरुमा अन्य प्रदेशमा विस्तार गर्ने सरकारको लक्ष्य छ ।

सोही प्रयोजनकालागि १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ छुट्ईएको अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.