१३ अर्ब ९६ करोड व्याज अनुदान; सेबाेन, नेप्से र सीडिएससीको पुर्नसंरचना गरिने

  २०७७ जेठ १५ गते १७:२३     विकासन्युज

काठमाडौं । सरकारले साना ऋणिलाई व्याज अनुदान दिन र बीमा शुल्कमा अनुदान दिनको लागि १३ अर्ब ९६ करोड विनियोजन गरिएको छ । १ खर्बकाे पुर्नकर्जा काेष स्थापना गरिने र पुर्नकर्जाको व्याज ५ प्रतिशत मात्र तोकिएको अर्थमन्त्रीले युवराज खतिवडाले बताए ।

अर्थमन्त्रीले फेरी पनि मर्जलाई प्रोत्साहित गर्ने बताएका छन् ।

लघुवित्तको व्याज यथार्तपरक बनाउने बताएका छन् ।

त्यस्तै आगामी आर्थिक वर्षभित्र नेशनल पेमेन्ट गेटवेयको स्थापना गर्ने बताए ।

विद्युतीय माध्यमबाट भुक्तानीलाई प्रोत्साहित गरिने छ ।

पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गर्न स्टक डिलर सञ्चालन गरिने छ ।

नेपाल धितोपत्र बोर्ड (सेबाेन), नेप्से र सीडिएससीको पुर्नसंरचना गरिने अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै पुँजी बजारलाई फराकिलो बनाउने,  ऋणपत्रको दोश्रो बजारमा कारोबार गर्ने, वस्तु विनिमय बजारको सुरु गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.