कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड रुपैयाँ

  २०७७ जेठ १५ गते १७:११     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षका लागि कृषि तथा व्यवसायका लागि सरकारले ३ ४१ अर्ब ४० करोड  रुपैयाँ छुट्याएको छ ।  संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

कोरोनाको महामारी फैलिएसँगै वैदेशिक रोजगारमा रहेका धेरै नेपाली स्वदेश फर्किए कृषिमा आवद्ध हुने सम्भावना देखिएको छ । पछिल्लो समय सरकारले  ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो गाँउ’ भन्ने अभियानका साथ ‘आफ्नो गाँउ बनाऔं’ भन्ने नाराका साथ आगाडी बढ्न युवालाई प्रोत्साहन गरिरहेका छ ।

देश कृषि उत्पादनमा आत्मनिर्भर बनाउने तवरले आगामी कार्यक्रमतय गरिएकाे छ । कृषि क्षेत्रमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरणजस्ता अन्य कार्यक्रमकाे पुन संरचना नयाँ तरिकाले अगाडी बढाउँदै कृषि क्षेत्रलाई चुनौती मात्र नभई अवसरको रुपमा स्थापित गर्ने सरकारकाे लक्ष्य रहेकाे छ ।

डा.खतिवडाले आगामी आर्थिक वर्षका लागि कुल १५ खर्ब ५० अर्ब रुपैयाँ रकमको बजेट प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.