भूमि बैंक स्थापना गर्न ५० करोडको शेयर सरकारले किन्ने

  २०७७ जेठ १५ गते १७:०२     विकासन्युज

काठमाडौं । सरकारले भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूमि बैंकको स्थापना गरि कृषि उत्पादनमा सहज बनाउने बताएका छन् ।

३ सय स्थानीय तहमा भूमि बैकको स्थापना हुने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

भूमि बैंकको शेयरका लागि सरकारले ५० करोड बजेट छुट्याएको छ । भूमि बैंकमा जग्गा भएकाले राखेर पैसा पाउने छन् । भने खेती गर्न चहानेले भूमि बैंकबाट जग्गा लिएर प्रयोग गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.