४ लाख नागरिकले नि:शुल्क स्वास्थ्य बीमा पाउने

  २०७७ जेठ १५ गते १७:००     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

यो आर्थिक वर्षमा ३ लाख जनालाई नि:शुल्क स्वास्थ्य बीमा लागू गरिएकोमा नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने उनले जानकारी दिए।

यस्तै उनले कोरोना रोगको थप बीमा हुने बताएका छन् । उनले १ लाख रुपैयाँसम्मको वार्षिक कोरोना बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको जानकारी दिए।

यस्तै, स्वास्थ्यकर्मी, महिला स्वयमंसेवीकाहरुको बीमा दायित्व शुल्क सरकारले व्यहोर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.