काठमाडौंमा ३ सय शैय्याको बेग्लै संक्रमण रोग उपचार अस्पताल बनाइने

  २०७७ जेठ १५ गते १६:२८     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोक्नको लागि ६ अर्ब रुपैयाँ बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

उनले कोरोना भाइरस संक्रमण रोक्न संलग्न हुने डाक्टर तथा कर्मचारीको ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा ३ सय शैय्याको बेग्लै संक्रमण रोग उपचार अस्पताल बनाउने र समग्र स्वास्थ्य पूर्वाधारको लागि १२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.