१४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँकाे बजेट, ७ प्रतिशतकाे आर्थिक बृद्धि

  २०७७ जेठ १५ गते १८:४०     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो रकम प्रस्तुत गरेका हुन् ।

उनले बजेटकाे चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ कराेड अर्थात ६४.४ प्रतिशत र पुँजीगत तर्फ ३ खर्ब ५१ अर्ब ९१ कराेड अर्थात २३.९ र वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोड अर्थात ११.७ प्रतिशत विनियाेजन गरेकाे बताएका छन् ।

यो गत वर्षको तुलनामा ५८ अर्ब ३२ करोड ९१ लाखले कम हो ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताए । गत वर्ष ८.५ प्रतिशत आर्थिक बृद्धि हुने  लक्ष्य राखेकाे थियाे । तर, अब सरकारले २.७ मात्र आर्थिक बृद्धि हुने अनुमान गरेकाे छ ।

गत वर्ष सरकारले १५ खर्ब ३२ अर्ब ९६ कराेड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.