शुक्रबारदेखि डिसहोमको सिनेमाघरबाट ‘इन्टु मिन्टु लण्डनमा’ प्रसारण

  २०७७ जेठ १५ गते १५:२८     विकासन्युज

काठमाडौं । डिसहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा शुक्रबारदेखि ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म  सुरु हुने भएको छ । यसअघि मारुनी चलचित्र प्रसारण गर्दै आएको कम्पनीले भोलिबाट ‘इन्टु मिन्टु लण्डन’मा सुरु गर्न लागेको हो ।

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा राेकथाम गर्नका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेकाे छ । काेराेना संक्रमण फैलिएसँगै घरमै बस्न बाध्य रहेका दर्शकहरूलाई मध्ये नजर गर्दै डिशहोमले सिनेमाघरमा विभिन्न चलचित्रहरु प्रसारण गर्दै आएको छ ।

‘इन्टु मिन्टु लण्डनमा’ हेर्नका लागि ३ सय २५ शुल्क तिर्नुपर्ने हुन्छ । रेनाशा र प्रज्वल राणाले निर्देशन गरेकाे उक्त सिनेमामा धिरज मगर, साम्रज्ञी शाह, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठलगायतको अभिनय रहेको यो चलचित्रमा रेनाशा वान्तवा राईको कथा रहेकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.