टेलिकमको मोबाइल बोक्नुहुन्छ ? ५ सय रुपैयाँमा ११ सय मिनेट कुरा गर्न पाइन्छ, भ्यालिडिटी ४२ दिनको

  २०७७ जेठ १५ गते १४:०८     नविन पाेखरेल

काठमाडौं । हाल नेपाल टेलिकमले विभिन्न प्रकारका प्याकेजहरु संचालन गरिरहेको । उक्त प्याक डाटा (ईन्टरनेट) तथा कल (भ्वाईस) दुवैमा उपलब्ध छन् ।

यस्तो छ भ्वाईस प्याक

एनटीसीका ग्राहकहरुले १२ रुपैयाँको भ्वाईस प्याक लिएमा १४ मिनेटसम्म कल गर्न सक्छन् । उक्त सुविधा २४ घण्टाको लागि उपलब्ध हुन्छ ।

यस्तै, २५ रुपैयाँको भ्वाईस प्याक लिएमा ४० मिनेटसम्म कुरा गर्न पाइन्छ । उक्त प्याकमा २० मिनेटको बोनस समावेस गरिएकोले कुल कुरा गर्न पाइने समय ६० मिनेट हुन्छ । यस्तो सुविधा भने २४ घण्टाका लागि उपलब्ध हुन्छ ।

३० रुपैयाँको प्याकले ३ दिनसम्म कल गर्न सकिन्छ । सो प्याकमा ४० मिनेको समय तोकिएको छ ।

६० रुपैयाँको प्याकमा ७ दिनसम्म कुरा गर्न सकिन्छ । सो प्याकले तोकिएको ७ दिनभित्रमा ७५ मिनेटसम्म कुरा गर्न मिल्छ ।

यसरी नै १ सय रुपैयाँको प्याकले ७ दिनसम्म कुरा गर्न मिल्छ । सो प्याकमा १ सय ९० मिनेट कल सुविधा तथा थप ९५ मिनेटको बोसन पनि पाउँन सकिन्छ ।

२ सय ४० रुपैयाँको भ्वाईस प्याकमा ४ सय ९० मिनेटसम्म कुरा गर्न सकिन्छ । सो प्याकको अवधि २८ दिनलाई तोकिएको छ ।

५ सय रुपैयाँको प्याकमा ४२ दिनसम्म कल गर्न मिल्छ । उक्त प्याक लिएमा ग्राहकहरुले ११ सय मिनेटसम्म कुरा गर्न सक्नेछन् ।

नेपाल टेलिकमले उपलब्ध गराएको भ्वाईस प्याक सेवा नेपाल टेलिकमकै अर्को सिममा कल गर्दा मात्र लागू हुनेछ । कतिपय प्याकहरु भने अन्य नेटवर्कमा कुरा गर्न मिल्ने पनि छन् ।

स्टे कनेक्टेड प्याक लोकप्रिय

नेपाल टेलिकमले दिएको जानकारी अनुसार स्टे कनेक्टेड प्याक हाल उपभोक्तामाझ लोकप्रिय बन्न छ ।

‘ग्राहकहरुलाई नयाँ पुरानो विभिन्न प्याकको सुविधा हामीले दिँदै आएका छौँ तर पछिल्लो समय स्टे कनेक्टेड प्याकमा ग्राहकहरुको आकर्षण राम्रो छ’, नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले विकासन्युजसँग भने ।

के छ ‘स्टे कनेक्टेड’ प्याकमा ?

सय रुपैयाँमा ५ दिनका लागि ४ जिबी डाटा प्याक पाउँने व्यवस्था स्टे कनेक्टेड प्याकमा छ । उक्त ४ जिबी डाटा मध्ये ३ जिबी भने टेलिकमले बोनस स्वरुप दिएको हो ।

यो प्याक खरिद गरेमा २ सय रुपैयाँमा १० जिबी डाटा पाउँन सकिन्छ । सो डाटाको अवधि ७ दिनका लागि तोकिएको छ । टेलिकमले २ जिबी अल नेट तथा ८ जिबी बोनस स्वरुप शुल्क र अवधि तोकेको हो ।

यस्तै, मात्र २५ रुपैयाँमा पनि १ दिनका लागि नेपाल टेलिकमको डाटा प्याक चलाउन सकिन्छ । यस प्याकमा २० मिनेटको समयमा थप ४० मिनेटको बोनस नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई दिँदै आएको छ ।

सय रुपैयाँमा ७ दिनसम्म डाटा प्याक चलाउँने सुविधा छ । सो प्याक अन्र्तगत टेलिकमले ९५ मिनेटमा थप १ सय ९० मिनेट ग्राहकहरुलाई बोनस स्वरुप प्रदान गर्दै आएको छ ।

यसरी टेलिकमले ग्राहकहरुलाई स्टे कनेक्टेड प्याकको सुविधा दिँदै आएको हो । सो प्याक नै पछिल्लो समय एनटीसीका अन्य थुप्रै प्याकहरु माझ लोकप्रिय बनेको छ ।

यस्तै, एनटीसीले स्प्रीङ्ग, सोसल मिडीया, अनलिमिटेड नाईट डाटा, भ्वाईस, फोरजी अफर, वान जिबी परडे, इन्टरनेशनल सर्भिस, वान आवर अन लिमिटेड, डे–प्याक स्टे कनेक्टेड लगायत विभिन्न प्याकहरु पनि संचालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.