संसदमा आगामी आर्थिक वर्षको बजेट दिउँसो ४ बजे प्रस्तुत हुँदै

  २०७७ जेठ १५ गते ९:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट पेस गर्ने भएका छन् । उनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पेस गर्नेछन् ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ । यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ । कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट प्रस्तुत गर्ने छन् ।

सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीसहित १६ खर्ब ९३ अर्ब रुपैयाँ हाराहारीको बजेट निर्माण गर्ने बताइएको छ । चालू आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको हो । अर्थमन्त्री खतिवडाले यसभन्दा अगाडी दुई वटा आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.