राष्ट्रपतिबाट २ सय ४१ कैदीकाे कैद सजाय र जरिवाना मिनाहा

  २०७७ जेठ १५ गते ८:३७     विकासन्युज

काठमाडौं । तेह्रौ गणतन्त्र दिवसको अवसर २ सय ३३ कैदीलाई कैद सजाय मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा २ सय ३३ कैदको सजाय र ८ जना व्यक्तिहरुको कैद, दण्ड जरिवानाा, विगो लगायतका सजाय माफी गरिदिएकी हुन् ।

नेपाल सविधानको धारा २७६ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) एने २०७४ तथा फैजदारी कसूर नियमावली, २०७६ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मसमेतका २ सय ३३ जना कैदीहरुलाई सजाय माफी मिहाना गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कायैविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिलदेव शाहसमेत ८ जना व्यक्तिलाई कैद, दण्ड, जरिवाना, विगो सर्वस्वलगायतको सजाय माफी दिएको सहायक राष्ट्रपति कार्यालयका प्रवक्ता घिमिरे प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.