कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ १५ गते ६:११     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख ८१ हजार ६ सय ५० पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ५६ हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ भने २४ लाख ९३ हजार ३ सय ४७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ४५ हजार ६ सय ९० रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ भने अहिलेसम्म ४ हजार ५ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ९ सय १ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १८३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.