लकडाउन सुरु भए यता ७५ वटा व्यवसाय कारबाहीमा

  २०७७ जेठ १५ गते १३:५५     विकासन्युज

काठमाडौं । लकडाउन सुरु भए यता मात्र १ सय ६५ उद्योग व्यवसाय (फर्म)मा अनुगमन भएको छ । कोरोनाको महामारी फैलिएसँगै गत चैत ११ गतेदेखि लकडाउन सुरुभएको यता ७५ वटा व्यवसाय (फर्म) बजार अनुगमनको क्रममा कारवाहीमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति संरक्षण विभागले जानकारी दिएको छ ।

गत चैत ११ गते यता बजार अनुगमन तथा निरीक्षणको क्रममा कारबाहीमा परेका व्यवसायीबाट जरिवाना वापत १ करोड २ लाख ६५ हजार रुपैयाँ उठेको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताएका छन् । लकडाउनकै क्रममा सामान्य अवस्थामा ५६ वटा व्यवसायहरु, १९ वटा व्यवसायलाई सामान्य कैफियतमा तत्कालै सुधार गर्न निर्देशन दिएको थियो ।

खान अयोग्य वा म्याद सकिएकाले तत्कालै नष्ट गर्न लगाइएको रकम ९ हजार ८ सय ४८ रुपैयाँ त्यस्तै लकडाउन यता नै २ वटा वस्तु परीक्षणकै लागि नमुना लिइएको छ । ५ वटा व्यवसायको कारोबार शिलबन्दी गरेको छ । आवश्यक कागजात वा स्पष्टिकरण पेश गर्न १० वटा व्यवसायलाई विभागले निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०७६/७७ शुरु भएदेखि जेष्ठ १ हजार ७ सय ६२ वटा फर्मको अनुगमन भएको जसमा ५ सय ४५ व्यवसायी फर्मबाट ३ करोड ८ हजार ५ सय रुपैयाँ जरिवाना उठाएको विभागले जानकारी दिएको छ ।

त्यस्तै गत साउनदेखि उपत्यका बाहिरी ३ सय २४ व्यवसाय अनुगमनमा गरेकोमा ९८ वटा व्यवसाय जरिवानामा परेका छन् । जसबाट ८२ लाख १० हजार रुपैयाँ उठेको छ उद्योग, वाणिज्य तथा आपूर्ति संरक्षण विभागका सूचना अधिकारी ध्रुव खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.