सरकारले छुट दिने भनेको घरभाडाको विषय विवादित बन्दै, स्थानीय तह भन्छन्ः द्वन्द नै हुने भयो

  २०७७ जेठ १४ गते १६:१७     राजाराम न्याैपाने

काठमाडौं । लकडाउन अवधिभर घरभाडामा बस्नेसँग भाडा नमाग्न सरकारले सबै घरधनीलाई आग्रह गरेको थियो । तर, त्यही घरभाडाको विषयमा संघीय सरकार र स्थानीय सरकारबीच मत बाझिएको छ ।

बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले लकडाउनको बेला आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका थिए । तर, स्थानीय सरकारका प्रतिनिधिहरु भने घरभाडा कै विषयमा विवाद सुरु भएको बताउछन् ।

घरभाडा छुट दिने निर्णय लागू नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने बताएको थियो । सरकारले यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको थियो । तर स्थानीय सरकार भने लागू गर्न नसकिने बताउछन् ।

संघीय सरकारको निर्णय स्थानीय तहले सुन्नै मन्दैन्न । संघीय सरकार भाडा नलिनु भनिरहेको छ । तर घरधनीहरुले भाडामा बस्नेहरुसँग भाडा लिरहेका छन् । स्थानीय प्रतिनिधिहरु सरकारले बोलेकै आधारमा घरभाडा छुट दिन नसकिने बताउछन् ।

ठूला उद्योगी व्यवासायीहरुको प्रतिनिधित्व गर्ने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसघं र नेपाल चेम्बर अफ कर्मशले सरकारसगँ सञ्चालित उद्योगको घरभाडा छुटको कुरा नै नउठाएको बताउछन् । तर नेपाल घरेलु तथा साना उद्योग महासंघले भने उद्योग, कृषि, श्रम, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यलयसम्म गएर सके ६ महिनाको र नसके लकडाउ अवधिभरको भाडा छुट गर्ने व्यवास्था मिलाउन सरकारसँग माग गरेको छ ।

घर भाडाको विषयका के भन्छन स्थानीय सरकार

सरकारले भाडा छुट दिने भनेर बोल्दा स्थानीय तहमा समस्या आएको स्थानीय जनप्रतिनिधिहरु बताउछन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले संघीय सरकारले बोलेर मात्रै घरभाडा छुट गर्न नसकिने बताए । उनका अनुसार घरधनीहरु भाडा छुट गर्न तयार छन्, तर छुट गरेको भाडा वडाले दिनु पर्छ भनिरहेका छन् । वडाले त्यसरी घरधनीलाई पैसा दिनसक्ने अवस्था नरहेको डंगोलले बताए ।

‘संघीय सरकारले कानुन बनाए वा परिपत्र गरेको भए पनि हामीलाई सजिलो हुन्थ्याे, केही नगरी त्यतिकै घरभाडा छुट भनिएको छ, संघीय सरकारले गरेको निर्णय स्थानीय सरकारले सहजिकरण मात्रै गर्ने हो, घरभाडाबाट आएको पैसाले नै घरधनीहरुले खाइरहेका छन, त्यस्ता घरधनीहरुले घरभाडा छुट दिन सक्दैनन्, हामीसगँ घरभाडा छुट दिने कानुन पनि छैन्, घरभाडाको विषयले नै द्धन्द हुने भइसक्यो, त्यसैले घरभाडा छुट दिन सकिदैन,’ डंगोलले भने ।

ललितपुर महानगपालिकाका प्रवक्ता राजु महर्जनले सरकारले श्रकिकहरुका लागि घरभाडा छुटको प्रस्ताव मात्रै गरेको बताए ।

‘ललितपुर महानगरले घरधनी र भाडामा बस्ने व्यक्तिहरुको आयस्रोको अध्ययन गरेर कसलाई छुट दिनुपर्ने हो र हैन भनेर छुट्टयाउने छ, भाडामा बस्नेहरु घरभाडा छुट हो भनिरहेका छन्, घरधनीहरु हाम्रो बैंकमा भएको लोन सरकारले तिर्छ भनेर सोध्छन्’,  महर्जनले भने ।

भाडाको विषयमा के भन्छन् उद्योगी ?

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लकडाउनको कारणले उद्योगमा धेरै समस्या आएको बताए । भाडाको विषयमा महासंघमा छलफल नभएको उनकाे भनाइ छ । तर सरकारले भाडा छुट गर्दा औद्योगीका क्षेत्रमा संञ्चालन भएको उद्योगहरुको भवन र जग्गाको बिल उद्योगीको हातमा गहिरहेको भन्दै उनले सरकार आफै छुट भनेर भन्ने अनि बिल पनि पठाउने गरिरहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले पनि सरकारसगँ घरपभाडा भन्दा पनि अन्य समस्याको सामाधानका लागि सरकारसगँ माग गरेको बताए । निर्माणको कर, विद्युत, श्रमिकको विषयमा मात्रै परिसघंमा छलफल भएको छ । भाडाको घरमा सञ्चालित उद्योगको भाडा छुटको विषयमा छलफल समेत नभएको मोरले बताए ।

नेपाल चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि व्यापारीका प्रयोजनमा प्रयोग भएको घरभाडाको विषयमा चेम्बरमा छलफला नभएको बताए । भाडामा लिदा नै लिने र दिनेबीच सहमति भएको हुन्छ भन्दै उनले यो विषय घरधनी र घरभाडामा लिने व्यक्तिबीचको छलफल गरेर जाने विषय हो भने ।

‘संकटको समय छ, घरधनीले नै पनि मनवीयता सझेर छुट पनि दिन सक्छन्, कुनै घरधनी समस्यामा पनि हुन सक्छन, त्यही घरबाट आएको पैसाले जिविकोपार्जन गरिरहेका पनि छन्, त्यसैले यो विषयका चेम्बरले बोल्नु भन्दा पनि दुई पक्ष बसेर छलफल गरेको नै राम्रो हुन्छ,’ मल्लले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारसगँ घरेलु तथा साना उद्योग समस्यामा रहेको र सके ६ महिनाको र नसके लकडाउन भरिको घरभाडी छुटको व्यवस्था मिलाउन माग गरेको बताए ।

कोभिड–१९ ले विश्वव्यापी रुपमा आर्थिक, सामाजिक र मनोबैज्ञानिक प्रतिकुल प्रभाव परिहेको छ उद्योग, व्यापार, पर्यटन, कृषि, उर्जा, सेवा क्षेत्र लगायत समग्र अर्थतन्त्र प्रतिकुल असर परेको छ । सबै बन्द छन् । ती नै उद्योगमा काम गर्ने श्रमिकको पनि तलब आएको छैन।

सम्बन्धित सामग्री

भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.