सुनचाँदी महासंघले ईलाममा वितरण गर्यो २५ थान पीपीई तथा माक्स 

  २०७७ जेठ १४ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ईलाम जिल्लामा २० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र ५ हजार थान माक्स वितरण गरेको छ । ईलामको सीडीओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक रोशन श्रेष्ठलाई महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

उक्त पीपीई र माक्र्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने सीडीओ तुलसी राम सेडाईले जनाएका छन् ।

महासंघको १ नं प्रदेश कमिटीका संयोजक बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वि.पि कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला विराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पीपीई प्रदान गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.