संसदमा संविधान संशोधनको प्रस्ताव पेश हुँदै

  २०७७ जेठ १४ गते ८:३३     विकासन्युज

काठमाडौं । संविधान संशोधन प्रस्ताव बुधबार संसदकाे बैठकमा पेश हुने भएकाे छ । दिउँसो २ बजे बस्ने संसदिय बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने छिन् ।

लिम्पियाधुरा, लिपुलेक रकालापानी लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा समावेष निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । उक्त सविधानलाई सरकारले सर्वसम्मत पारित गराउने कोशिस गरिरहेको छ ।

. गत जेठ ९ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरिएको थियो भने जेठ ११ गते नै भूमि व्यवस्था मन्त्रालयले नेपालको कालाीपानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ नक्सा जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.