ग्रील उद्योगमा कोभिड-१९ को बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्दै ग्रील महासंघ

  २०७७ जेठ १३ गते १८:२२     विकासन्युज


काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले ग्रील उद्योगमा कोभिड-१९ को बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । हालको अवस्थामा उद्योग सञ्चालन गर्दा उच्च सर्तकता अपनाउनु पर्ने र सुरक्षित रहेर काम गर्नु पर्ने बाध्यात्मक अवस्था भएको हुँदा यो सचेतना कार्यक्रमलाई देशब्यापी रुपमा सञ्चालन गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।

उनले महामारीको रुपमा फैलिएको कोभिड १९ बाट बच्न लगाईएको लकडाउन खुलेपछि उद्योग व्यवसाय सचालन गर्न ठुलो चुनौती रहेको अवस्थामा ग्रील उद्योगमा प्रयोग हुने तथा उद्योगबाट उत्पादित ग्रील जन्य फलाममा कोरेनाको संक्रमण बढी समय सम्म रहने हुँदा यसको जोखिम बढी हुनुका साथै मानव बस्ती एवंम ठुला भवन, आयोजना, परियोजना, अर्पाटमेन्ट र सहरमा गएर फलामको काम गर्नु पर्ने भएकोले सुरक्षित भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् । साथै, यस उद्योगमा बिषेश गरि कोरोनाका जोखिम रहेको क्षेत्र तराईका तथा छिमेकी मुलुक भारतका कामदारहरु बढी कार्यरत रहेको हुँदा उद्योग सञ्चालन गर्दा उच्च सर्तकता अपनाउनु पर्ने र सुरक्षित रहेर काम गर्नु पर्ने बाध्यात्मक अवस्था भएकोले उक्त कार्यक्रमको आयोजना गर्ने उनले बताए ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल र स्वीटजरल्याण्ड सरकार तथा नेपाल सरकारको दुईपक्षिय सम्झौतमा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागी शिप परियोजना (ईन्स्योर प्रोजेक्ट)बिच छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उक्त कार्यक्रममा अब उद्योगहरु क्रमश सञ्चालनमा ल्याई वर्तमान असामान्य अवस्थालाई सामान्य अवस्थामा ल्याउन पर्ने भएकोले कसरी कारोनाको संक्रमणबाट सुरक्षित रहेर उद्योगहरु सञ्चालन गर्न र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

छलफलमा ग्रील उद्योगलाई सुरक्षित कार्यस्थलको रुपमा रुपान्तरण गरि सञ्चालन गर्ने बिषयमा स्वास्थ बिज्ञ डा.लिला पौडेल कोरोना संक्रमणबाट बच्ने उपाय र व्यवसायजन्य स्वास्थ तथा सुरक्षा बिज्ञहरु दिनेश प्रसाद शाहले कोरोना संक्रमणबाट कसरी सुरक्षित भएर उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा बृत चित्र सहित जानकारी गराएका थिए ।

कोरोनाको असर कहिलेसम्म रहने हो यकिन नभएको हुँदा कोरोनालाई पनि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धि(ओएचएस) समोवेश गराउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रस्ताव पेश गर्ने समेत कटुवालले बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागी स्वीटजरल्याण्डको राजदुताबासका वरिष्ठ कार्यक्रम अधिकृत डा. उषा भण्डारीले विश्वब्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपबाट सुरक्षित भई काम गर्न गराउन यस किसिमको सचेतना कार्यक्रमले सहयोग पुग्ने भएकोले ग्रील उद्योग लगायत अन्य व्यवसाय प्रतिष्ठानमा समेत सहकार्य गरि सञ्चालन गर्न आफुले सक्दो सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा सिटिईभि, हेलबेटास र ईन्स्योर प्रोजेक्टका प्रतिनिधी, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय पदाधिकारी, प्रदेश संयोजकहरु जिल्ला प्रतिनिधीहरुले जिज्ञासा तथा सुझाबहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.