विद्यार्थी भर्नादरमा सुधार, लैंगिक समानता पनि कायम

  २०७७ जेठ १३ गते १५:४३     विकासन्युज

काठमाडौं । शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको छ । विगत वर्षहरुको तुलनामा  भर्नादरमा सुधार आएको अर्थमन्त्री डा. युवराज खतिवडाल बताएका छन् ।

खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको बताएका हुन् ।

उनले शैक्षिक सत्र २०७६/७७ मा प्राथमिक तहको खुद भर्नादर ९७ दशमलब १ प्रतिशत, आधारभुत तहको भर्नादर ९३ दशमलब ४ प्रतिशत र माध्यमिक तहको खुद भर्नादर ४७ दशमलब ६ प्रतिशत रहेको बताए । यस्तै, विद्यालय तहका शिक्षामा लैङ्गिक समानता हाँसिल भएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.