चालु आर्थिक वर्षमा भित्रियाे ५ खर्ब ९२ अर्ब रेमिट्यान्स

  २०७७ जेठ १३ गते १४:५८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रूपैयाँ बराबरकाे रेमिट्यान्स भित्रिएकाे छ । संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साे मात्राकाे रेमिट्यान्स भित्रिएकाे बताएका हुन् ।

आर्थिक वर्षमा १.८ प्रतिशतले वृद्धि भएकाे हाे । उक्त वृद्धिदर गतवर्षकाे तुलनामा न्यून रहेकाे छ । गतवर्ष साेही अवधिसम्म २३.४ प्रतिशतले रेमिट्यान्स बढेकाे उनले जानकारी दिए ।

त्यस्तै, चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धिदर भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.