आर्थिक परिसूचकमा ठूलो चाप: आर्थिक बृद्धिदर २.३%मै सीमित, वस्तुको मूल्य पनि महँगीयो

  २०७७ जेठ १३ गते १४:४०     विकासन्युज

 काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण आर्थिक परिसुचकमा ठूलो चाप परेको बताएका छन् । चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले आर्थिक परिसुचकमा परेको चापले वस्तुको मूल्य पनि महँग्गो भएको बताएका छन् ।

संघीय संसदमा उनले चालु बर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराउँदै कोभिड १९ का कारण देशको सम्पूर्ण आर्थिक गतिविधि र त्यसले देशको आर्थिक वृद्धिदर पनि खु्म्चिएको बताए ।

उनले  चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने बताए  । यसअघि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५% को लक्ष्य राखेको थियो ।

‘नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर रहेको छ, बिमामा २२% पहुँच पुगेको  छ, सरकारले तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब रुपैयाँ रहेकाे छ,’ उनले भने । सरकारी खर्च १२ प्रतिशतले बढेको उनकाे भनाई छ ।

यस्तै, कुल लगानी ३.४ प्रतिशतले घटेको  उनले बताए । देशमा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिवी यसपाली १६.६७ प्रतिशत अनुमान गरिएकाे उनले बताए ।

सरकारले विभिन्न क्षेत्रमा तीव्रताका साथ काम गरेकाे बताउँदै देशभर २३ हजार ३ सय ३४ किलोमिटर लामो सडक निर्माण गरेको सुनाए । यस्तै, ९० प्रतिशत खानेपानी र सतप्रतिशत मानिस स्वास्थ्य सेवाको पहुँचमा पुगेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.