संसदमा प्रश्नः बाहुनवाद कहिलेसम्म हावी हुन्छ सरकार ?

  २०७७ जेठ १३ गते १४:२१     विकासन्युज

काठमाडौं । मंगलबारको प्रतिनिधी सभा बैठकमा सासंद बिमला विश्वकर्माले देशमा कहिलेसम्म बाहुनवाद हावी हुन्छ भन्ने प्रश्न गरेकी छन् । रुकुममा तीनजना दलित युवकको हत्या भएको घटनामा सांसद विश्वकर्माले सरकारले उच्चतस्तरीय छानविन समिति बनाएर त्यहाँ पठाइ सक्नु पर्नेमा अहिले सम्म कुनै काम नगरेकोप्रति आपत्ति पनि जनाइन् ।

‘देशमा अमानवियताको पराकाष्ट नाघेको छ, छुवाछुतमुक्त राष्ट्र घोषणा भइसेक पनि जति नियम कानुन बनेपनि सानो जात भएकै कारण किन मारिन्छन,’ उनले प्रश्न गपरिन् ।

उनले भनिन, ‘अन्र्तजातिय विवाह गरेकै कारण कति दलितले ज्यान गुमाउनु पर्ने हो,यो देश अन्धकानुन भएको देश हो, यो देशमा बाहुनवाद कहिले सम्म हावी हुन्छ ? एउटा ब्राहमणको छोरो मर्दा पुरै देश आन्दोलित हुन्छ । तर दलितका छोराछोरी कुटेर मारिन्छन् । छुण्ड्याएर मारिन्छन् बलात्कार गरेर मारिन्छन् त्यसगो समाजमा तैचुपमैचप हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.