रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

  २०७७ जेठ १३ गते १४:१२     विकासन्युज

काठमाडौं । रौतहटमा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेका छन् ।

संक्रमित सबै जना भारतबाट आएको र हाल सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए ।

सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.