स‌ंसदमा हंगामा: सांसद जनार्दन शर्माले बोल्दा अन्य सांसदलाई तनाव (भिडियाेसहित)

  २०७७ जेठ १३ गते १३:५३     विकासन्युज

काठमाडौं । रुकुममा तीनजना दलित युवकको हत्या भएको घटनामा त्यहाँका सांसद जनार्दन शर्मा प्रभाकरले बोल्ने क्रममा प्रतिनिधिसभामा हंगामा भएको छ।

जाजरकोटाका दलित युवकको रुकुमस्थित चौजारहरी नगरपालिकामा भएको हत्याका बिषयमा सांसदहरुले कुरा उठाइरहँदा संसदमा तनाव भएको हो। पूर्व गृहमन्त्रीसमेत रहेका शर्मा र जाजरकोटका एक पूर्वमन्त्रीसहितले घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाएका छन्।

शर्माले बोलिरहँदा काँग्रेससहित सांसदहरुले उठेर आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सम्मालिन आग्रह गरेका थिए। सभामुख सापकोटाले गृहमन्त्री रामबहादुर थापा बादललाई बोल्न दिँदा पनि तनाव भएको थियो।

स‌ंसदमा हंगामा: सांसद जनार्दन शर्माले बोल्दा अन्य सांसदलाई तनाव

स‌ंसदमा हंगामा : सांसद जनार्दन शर्माले बोल्दा अन्य सांसदलाई तनाव lसम्बन्धित समाचार :https://www.bikashnews.com/2020/05/26/217263.html

Gepostet von Bikashnews.com am Dienstag, 26. Mai 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.