घरेलु लघुवित्तले रौतहटकाे परोहा नगरपालिकालाई दियाे आर्थिक सहयोग

  २०७७ जेठ १३ गते १२:३९     विकासन्युज


काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्थाकाे रौतहटस्थित लौकाहा शाखाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न परोहा नगरपालिकालाई आर्थिक सहयोग गरेकाे छ । उक्त शाखाले स्थानीय निकायकाे कोरोना भाइरस (काेभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँको आर्थिक सहयोग गरेकाे हाे ।

घरेलु लघुवित्तको लौकाहा शाखाका शाखा प्रबन्धक रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेख वकिलले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।

यस संस्था संचालनमा आएको हाल सम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६ हजार १ सय ५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पुर्याउन सफलभ ई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.