२ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

  २०७७ जेठ १३ गते ११:५७     विकासन्युज

काठमाडौं । बारा जिल्लामा २ सैनिकसहित थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

मंगलबार बारा जिल्लाको पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३ जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका २ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । २ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

मंगलबार विहान सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा ६ सय ९९ जनामा काेराेना पुष्टि भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.