टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

  २०७७ जेठ १३ गते १०:१९     विकासन्युज

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी नायव निरीक्षक मृत्यु भएको छ ।

सोमबार राति बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

टिपरका चालक धादिङ थाक्रे बस्ने ४० वर्षीय राजेश सैजु र राजेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सैजुले मापसे गरेर टिपर चलाएर दुर्घटना भएकाे प्रहरी जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.