बलिउडका निर्माता करण जोहर आइसोलेशनमा

  २०७७ जेठ १३ गते ८:३२     विकासन्युज

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक रहेका करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बसेका छन् ।

रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमेकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बसेको ट्वाटमार्फत जानकारी दिएका हुन् ।

“परिवारका सबै सदस्य र अन्य सहयोगीहरूको कोरोना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर, हाम्रा आसपासका सबै मानिसको सुरक्षाका लागि १४ दिनसम्म हामी सबैजना आइसोलेसनमा बस्दैछौं” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.