पर्सामा कोरोना निको भएर थप ४३ जना घर फर्किए, नारायणी अस्पताल भयाे खाली

  २०७७ जेठ १२ गते २०:५२     विकासन्युज

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका थप ४३ जना डिस्चार्ज भएका छन् । ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जानकारी दिए । ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । ४३ जनाको डिस्चार्ज भएसँगै नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए ।

याेसँगै कोरोना जितेर घर फर्कनेको संख्या १५५ पुगेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.