उद्योग सञ्चालन गर्न सरकारले सहयोग गर्ने

  २०७७ जेठ १२ गते १७:५५     विकासन्युज

काठमाडौं । लकडाउनले बन्द रहेका उद्योग संचालन गर्न मजदुर उद्योगसम्म ल्याउन सरकारले सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाले थला परेको अर्थतन्त्र चलाउन आवश्यक आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बताएका हुन् ।

विभिन्न उद्योगमा काम गर्ने मजदुर उद्योगसम्म आउनका लागि जिल्ला प्रशासनले सहयोग गर्ने छ । उद्योगमा काम गर्ने मजदुरको स्वास्थ्यमा भने उद्योग र सरकार मिलेर परिक्षण गरी काममा लागाउने प्रधानमन्त्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.