एसईई दिने विद्यार्थीकाे सिङ्गो शैक्षिकसत्र खेर जान दिन्नौं: प्रधानमन्त्री

  २०७७ जेठ १२ गते १७:४८     विकासन्युज

काठमाडौं । सरकारले एसईई दिने विद्यार्थीकाे सिङ्गो शैक्षिकसत्र खेर जान नदिने निर्णय गर्ने भएकाे छ । साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई दिने विद्यार्थीकाे सिङ्गो शैक्षिकसत्र खेर जान नदिनकाे लागि छिटै विशेष निर्णय गर्ने बताएका हुन् ।

‘शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले एसईईको लागि छिटै निर्णय गर्ने भएको छ । जसबाट विद्यार्थीहरुले एक वर्ष खेर फाल्नु पर्ने छैन ।’ उनले भने ।

यस्तै लकडाउनका कारण लाखौँ विद्यार्थी अन्योलतामा रहेको सवालमा शिक्षा मन्त्रालयले भर्चुअल माध्यमबाट शैक्षिकसत्र सुरु गर्ने तयारी भइरहेको पनि ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.