कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ १२ गते ६:३२     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ९४ हजार ४ सय ६४ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४६ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ भने २२ लाख ९९ हजार ३ सय ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९९ हजार ३ सय जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ८६ हजार ४ सय ४५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने अहिलेसम्म ४ हजार २४ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ६ सय ३ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ८७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.