महालक्ष्मी लाईफ इन्स्याेरेन्सले सबै कर्मचारीकाे गरायाे काेराेना बीमा

  २०७७ जेठ ११ गते १५:१२     विकासन्युज


काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्याेरेन्सले कम्पनीमा कार्यरत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे छ । इन्स्याेरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाल मार्फत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे हाे ।

यससँगै, कोरोना बीमाको विमाङ्क रकम प्रतिकर्मचारी १ लाख रूपैयाँकाे रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।

यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा/उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैकाे काेराेना बीमा गराइएकाे इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।

One comment on "महालक्ष्मी लाईफ इन्स्याेरेन्सले सबै कर्मचारीकाे गरायाे काेराेना बीमा"

  • Ramesh kc says:

    एजेन्ट लाई पनि कोरना बिमा गराएको् भए हौसला बढ़ने थियो कि ??
    एजेन्ट बाँट नै संस्था चलने हो ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.