कोरोनाबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु, १२ हजारभन्दा बढी संक्रमित

  २०७७ जेठ ११ गते १२:०८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे तथ्यांक अनुसार संसारभरी १२ हजार ८ सय २१ जना नेपाली कोरोना संक्रमित रहेका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएले जानकारी दिएको छ ।

शनिबार (२३ मे २०२०) साँझसम्म एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका जानकारी दिएको । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।

यो साता मात्र युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको छ । एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । हालसम्म युएईमा १८ जना नेपालीको कोरोनाबाट मृत्यु भइसकेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

गैरआवासी नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत छ ।

अमेरिका र युरोपियन मुलुकमा कोरोनाले भयावह स्थिति पैदा गरेको छ भने पछिल्लो दिनमा कोरोना संक्रमण मध्यपूर्वी देशमा बढ्दै गएको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको लागि एनआरएनएले राहत वितरण गर्न परिचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.