कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ ११ गते ६:१३     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख ९७ हजार ८ सय ५७ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४३ हजार ६ सय ८ जनाको मृत्यु भइसकेको छ भने २२ लाख ४४ हजार ८ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९८ हजार ६ सय ८३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ६६ हजार ८ सय १ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने अहिलेसम्म ३ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ५ सय ९१ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.