‘डिशहोममा डीलर दाईको डिस्काउन्ट’ याेजना अन्तर्गत १० जना ग्राहकलाई १/१ लाख उपहार 

  २०७७ जेठ १० गते १९:४७     विकासन्युज

काठमाडौं । डिशहोमले ‘डिशहोममा डीलर दाईको डिसकाउट’ योजना अन्तरर्गत चैत ७ गतेदेखि २०७७ साल जेठ ८ गतेसम्म फाण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर ‘मेगा लकी ड्र’सम्पन्न गरेको छ ।

याे याेजना गत जेठ ९ गते शुक्रबार साँझ ५ बजे शोकेस च्यानल नम्बर १०० बाट ‘लाइभ लकी ड्र’ प्रसारण गरिको थियो । उक्त याेजनाका १० जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति १/१ लाख नगद प्रदान गर्ने भएको छ ।

मेगा लकी ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आइडी नं. ७१९१३३००७९५, ०२५१९२२९२३४, ७१९०३३९३८००, ०२५५८११४७०९, ७१९१२४०१५११, ७१९०७४७९५०६, ७१९१३३५५०९६४, ७१९०८१६६५७३, ७१९०५८५१५८१, ०२५१९२४५७५२ लाई विजेता घोषणा गरिएको छ ।
‘लाइभ लकी ड्र’ २०७७ साल जेठ १६ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । २०७७ साल जेठ ९ गते शुक्रबार देखि जेठ १५ गते बिहिबारसम्म कोष स्थानान्तरणबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेठ १६ गतेको ‘लाइभ लकी ड्र’ मा समावेश गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.