२ सय ७ जनाको शव विदेशमा, ५८ शवको अन्त्येष्टिका लागि परिवारबाट स्वीकृति

  २०७७ जेठ १० गते १८:२५     विकासन्युज

काठमाडौं । विदेशमा हालसम्म मृत्यु भएका २ सय ७ शवहरूमा ५८ शवलाई गन्तव्य मुलुकमा अन्त्येष्टिका लागि परिवारले स्वीकृति दिएका छन् । कोरोना भाइरस फैलिनु अगाडी १ सय ९७ शव रहेका थिए भने कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ ।

श्रममन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा गत वैशाखमा बसेको बैठकले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको शव गन्तव्य मुलुकमा नै अन्त्येष्टि गर्न दिने परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने भनिएको छ । लामो समयसम्म लकडाउनका कारण शव ल्याउन नसकेको बोर्डले जनाएको छ ।

वैदेशिक राेजगारीमा रहेका युएइमा ५ जना, कतारमा १ जना, साउदीमा ३ जना, टर्कीमा १ जनामा गरि  १० जनामा काेराेनाबाट मृत्यु भएकाे छ भने करिब ७ हजारजनामा काेराेना पुष्टि भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.