पछिल्लो समय ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ८४

  २०७७ जेठ १० गते १६:३४     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपाल भरी ५ सय ८४ जना मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

झापा जिल्लाका स्थित झापा गाउँपालिकाका १ जना, बाँकेका नरैनापुरका २७ जना, बैतडी शिवनाथ गाउँपालिकाका ४ जना, बर्दिया बढैयाताल गाउँपालिकामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका हुन् ।

शनिवार विहानमात्र ६ जिल्लाका ३२ जना मानिसमा कोरोना पुष्टि भएको थियो ।  नेपालमा हालसम्म ४० जिल्लामा ८८ महिला र ५ सय ३ पुरूषमा काेराेना देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.