पाकिस्तानमा पनि कोरोना भाइरसका संक्रमित बढ्दै

  २०७७ जेठ १० गते १२:४४     विकासन्युज

काठमाडौं । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या ५२ हजार ४ सय ३७ पुगेको छ भने विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७ सय ४३ संक्रमित थपिएका बताइएको छ । पछिल्लो समय दक्षिण एसियाली मुलुकमा भारत पछि पाकिस्तानमा कोरोना संक्रमण फैलिएको छ ।

पाकिस्तानमा संक्रमित मध्येका १ हजार १ सय १ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ । वल्डोमिटरको तथ्यांक अनुसार पाकिस्तानमा बिहीबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।

संक्रमितहरुमध्ये १६ हजार ६ सय ५३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने विभिन्न अस्पतालमा ३४ हजार ६ सय ८३ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.