कपिलवस्तुमा वडाअध्यक्ष र पत्रकारमा देखियो कोरोना

  २०७७ जेठ १० गते ११:४१     विकासन्युज

काठमाडौं । शनिवार विहान कपिलवस्तुको वाणगंगा नगरपालिकामा वडाअध्यक्ष र पत्रकारमा कोरोना देखिएको छ ।

वाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले भने, ‘विहान कोरोना पुष्टि हुनेहरूमा वडाअध्यक्ष र पत्रकारसहित ८ जना रहेका छन्।’

११ वटा वडा रहेको वाणगंगा नगरपालिकामा कुन वडाको भन्ने कुरा खुलाउन नचाहने भन्दै सबैजनाको अवस्था सामान्य रहेको बताए ।

कपिलवस्तु जिल्लामा हालसम्म ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

शनिवार विहान वाणगंगा नगरपालिका निवासी १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षिय पुरुषहरु र २७ वर्षिय महिलासहित ६ जिल्लाकाे ३२ जनामा काेराेना पुष्टि भएकाे हाे । नेपालमा ५ सय ४८ जनामा काेराेना भाइरस देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.