थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

  २०७७ जेठ १० गते ८:५७     विकासन्युज

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरपुर अस्पताल कोभिड १९ प्रयोगशाला भएको परीक्षणमा नयाँ ३२ जनाका कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३ जना कोरोना संक्रमित रहेका छन् जसमा कपिलवस्तु वाणगंगा नगरपालिका निवासी १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षिय पुरुषहरु र २७ वर्षिय महिला, सर्लाही गोडैता, कविलासी नगरपालिका निवासी १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षिय पुरुषहरु, बारा करैयामाइ गाउपालिका निवासी ३७ वर्षिय महिला र काठमाडौंका ३५ वर्षिय पुरुषमा कोरोना भाइरस देखिएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा रुपन्देही जिल्ला स्थित गैरहवार रोहिणी गाउपालिकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ वर्षिय पुरुषमा र भरपुर अस्पताल कोभिड १९ प्रयोगशालामा चितवन (भरतपुर ६) निवासी ५२ वर्षिय पुरुषको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.