कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ १० गते ६:१७     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख ९८ हजार १ सय २२ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३९ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ भने २१ लाख ५१ हजार ७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९७ हजार ६ सय ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ४५ हजार ११ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ भने अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ५ सय १६ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.