थप ९ जनामा कोरोना संक्रमण

  २०७७ जेठ ९ गते २०:४१     विकासन्युज

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे  छ ।

मन्त्रालयकाे अनुसार संक्रमित हुनेहरुमा बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुष, सप्तरीको बलान-बिहुल गाउँपालिकाकाे ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिला रहेका छन् ।

याेसँगै नेपालमा संक्रमितकाे संख्या ५ सय १७ पुगेकाे छ जसमा ७० जना निकाे भएर घर गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.