अपांगता भएका व्यक्ति र एकल महिलाको भत्ता नरोक्न संसदीय समितिकाे निर्देशन

  २०७७ जेठ ९ गते २०:०१     विकासन्युज

काठमाडौं । सरकारलाई ६० वर्ष मुनिका एकल महिला र अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिले निर्देशन दिएको छ।

शुक्रबार बसेकाे संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिकोबैठकले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा बापतको भत्ता नरोक्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

सरकारले सामाजिक सुरक्षा ऐन २०७५ मा त्रूटि रहेको र यसमा हेरफेर गर्नुपर्ने भन्दै ६० वर्षमुनिका एकल महिला र अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.