सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको शाखा आइतबारदेखि खुल्ने

  २०७७ जेठ ९ गते १९:३३     विकासन्युज

काठमाडौं । कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ । उक्त शाखा कार्यालय संक्रमण रहित गरी कम्पनीले जेठ ११ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो ।

उक्त शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि साे शाखा सिल गरिएको थियो । कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि इन्स्याेरेन्सले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेकाे हाे ।

इन्स्योरेन्सका अनुसार उक्त शाखा कार्यालयको नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सरसफाईका साथै संक्रमण रहित बनाइएको छ । यससँगै, आगामी जेठ ११ गतेदेखि सीमित कर्मचारीबाट उक्त शाखा सञ्चालन हुने र बीमितहरुले पूर्ववत रुपमा बीमा सेवा लिन सक्ने सिद्धार्थ इन्याेरेन्स कम्पनीले जनाएकाे छ ।

यस विषम परिस्थितिमा प्रभावकारी बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको छ । त्यस्तै, कोरोना देखिएको संक्रमित कर्मचारीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको इन्स्योरेन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.