दश करोडभन्दा बढी घुस लिनेलाई १४ वर्ष जेल सजायको व्यवस्था गर्न सहमति

  २०७७ जेठ ९ गते १९:२२     विकासन्युज

काठमाडौं ।  विधायन व्यवस्थापन समितिमा दश करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजायको व्यवस्था गर्ने सहमति जुटेको छ ।

शुक्रबार समितिकाे भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा याे विषयमा सहमति जुटेको हो ।

यस्तै एक करोडदेखि दश करोडसम्म घुस लिने व्यक्तिलाई आठदेखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ । यसअघि एक करोडभन्दा बढी जतिसुकै रकम घुस लिए पनि आठदेखि १० वर्षसम्म कैद र घुस लिएको रकम जफत हुने प्रावधान थियो ।

साथै क करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान पनि थपिएको छ ।  घुस लिएको रकम जफत हुने र सोहीबराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.