बैशाख ११ गते कोरोना संक्रमित मुक्त बनेको काठमाडौंमा अहिले २९ संक्रमित

  २०७७ जेठ ९ गते १८:०२     डाेमी शेर्पा

काठमाडौं । उपत्यकामा कोरोना भाईरस संक्रमितको संख्या २९ पुगेको छ । बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका पुरुष पुनः संक्रमण देखिएपछि काठमाडौंमा फेरि संक्रमण देखिन थाल्यो ।

त्यसपछि सरकारले संक्रमितको संख्या काठमाडौंमा कम देखिएको काराण लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए ।

चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् ।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए ।

यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ३३ पुगेको थियो । तर, बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित निको भएपछि उपत्यकामा कोरोना संक्रमितको संख्या २९ पुगेको हो ।

उपत्यकाका कोरोना स्क्रमितहरु कुन कुन अस्पतालमा छन् ?

उपत्यकाका २९ संक्रमित हाल तीन अस्पतालमा उपचार गराईरहेका छन् । अहिले टेकु अस्पतालमा ४ जना डिस्चार्ज भएसँगै १ जना मात्र संक्रमित बाँकी रहेका अस्पतालका निर्देशक डा‍. सागर राज भण्डारी बताए ।

पाटन अस्पतालमा १३ जना संक्रमित उपचार गराईरहेकाे अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए ।

यस्तै सशस्त्र प्रहरी अस्पतालमा १५ जना संक्रमित उपचार गराईरहेको डिआईजी चन्द्र अधिकारी जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.